रौतहटको लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बेपत्ता

News Portal Team अन्य
रौतहटको लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बेपत्ता
रौतहटको लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बेपत्ता

रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो । 

उनीहरू हिजो दिउँसो नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका थिए ।नदीमा डुबेका अर्की एक बालिका रौशन खातुनको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बालबालिकाहरू नदीमा डुबेर हराएको सूचना पाउनासाथ स्थानीय सुरक्षा निकायको टोली उद्धारमा खटिएको थियो । 

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा ७ जना जनपद प्रहरी र सशस्त्र प्रहरी बलका १४ जनासहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्