रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

News Portal Team अन्य
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

काठमाडौं । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।

मन्त्रीको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्