सांसद डा.कार्कीलगायतको टोलीले रसुवा कालिका पुगेर बाढी प्रभावितलाई राहत वितरण

News Portal Team अन्य
सांसद डा.कार्कीलगायतको टोलीले रसुवा कालिका पुगेर बाढी प्रभावितलाई राहत वितरण

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.अर्जुन कार्की र पूर्वमन्त्री विमला राई पौड्याललगायतको टोलीले रसुवाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ ।

रसुवाको कालिका गाउँपालिका–१ मा पुगेर टोलीले १६६ प्रभावितलाई खाद्यन्नलगायत अत्यावश्यक सामग्री वितरण गरेको हो ।

टोलीले प्रतिपरिवार एक बोरा चामल, मुसुरो दाल, नुन–तेल, चिनी, चिउरालगायतको खाद्यन वितरण गरेको हो । डब्लुएचएच, आरआरएनलगायतका संस्थाको सहयोगमा राहत वितरण गरिएको हो ।

भदौ १० गते आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो ।

पूर्वराजदूतसमेत रहेका डा.कार्कीले राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय स्तरमा सहयोगको आब्हान समेत गरेका छन् ।

उनले राहत र उद्दार कार्यमा ल्याउनु पर्ने प्रभावकारिकाबारेमा सरकारको ध्यानाकर्ष समेत गराउँदै विभिन्न सुझावहरु समेत दिएका छन् ।

विपद्बाट ७ हजार ५७० भवनमा क्षति पुगेको छ भने ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ जना प्रत्यक्ष प्रभावित भएका छन् ।

बाढीपहिरोपछि अझै ५ हजार १ सय ३० जना सम्पर्कविहीन छन् । प्रभावित जिल्लामा सडक तथा हवाई मार्गमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाउने काम जारी राखेको जनाएको छ ।

पछिल्लो समय काठमाडौंमा रहेको राहत सामग्री प्रभावित जिल्लामा पठाउने क्रम भने केही घटेको छ ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्