साउदी, टर्की र पाकिस्तानबीचको रक्षा सम्झौताको ट्रम्पद्वारा स्वागत

News Portal Team विश्व
साउदी, टर्की र पाकिस्तानबीचको रक्षा सम्झौताको ट्रम्पद्वारा स्वागत
साउदी, टर्की र पाकिस्तानबीचको रक्षा सम्झौताको ट्रम्पद्वारा स्वागत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच हालै भएको मक्का संयुक्त रक्षा सम्झौताको स्वागत गरेका छन् । उनले त्रिपक्षीय सुरक्षा सहकार्यलाई क्षेत्रीय सुरक्षा र आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।

ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा साउदी अरेबिया, टर्की र पाकिस्तानले अन्ततः सम्झौतामा हस्ताक्षर गरेकोमा आफू निकै खुसी भएको बताएका छन् ।

क्षेत्रीय सुरक्षा संरचनामा भइरहेको परिवर्तनतर्फ संकेत गर्दै ट्रम्पले मध्यपूर्व क्रमशः एकजुट हुँदै गएको र सम्बन्धित देशहरूले आफ्नो सुरक्षा आफैं प्रभावकारी रूपमा गर्न सक्ने अवस्था बन्दै गएको बताएका छन् । उनले सम्झौतालाई ‘ठूलो, साहसिक र महत्वपूर्ण पहिलो कदम’ समेत भनेका छन् ।

मक्का संयुक्त रक्षा सम्झौतामा साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अगस्ट ७ मा मक्कामा औपचारिक रूपमा हस्ताक्षर गरेका थिए ।

सम्झौताले तीन देशबीच सामूहिक रक्षाका लागि संरचित संयन्त्र स्थापना गर्नुका साथै सैन्य तथा सुरक्षा सहकार्य विस्तार गर्ने व्यवस्था गरेको छ । सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि सशस्त्र आक्रमण भए त्यसलाई तीनै देशमाथिको आक्रमणका रूपमा लिइनेछ ।

साथै सैन्य समन्वय वृद्धि, संयुक्त सामरिक अभ्यास तथा रक्षा प्रविधि र सैन्य औद्योगिक क्षमतामा सहकार्य गर्ने प्रावधानसमेत सम्झौतामा समेटिएको छ । यो सम्झौता मध्यपूर्वमा क्षेत्रीय तनाव र सुरक्षा चिन्ता बढिरहेका बेला भएको हो । सम्झौताप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला तीनै देशले भने यो सहकार्य प्रकृतिमा रक्षात्मक रहेको र कुनै सैन्य वा साम्प्रदायिक समूह निर्माण गर्ने उद्देश्य नरहेको स्पष्ट गरेका छन् ।

सम्झौताले इरान र अमेरिकाबीचको तनाव समाधान गर्न कूटनीतिक पहललाई सहयोग गर्ने प्रतिबद्धता पनि तीन देशले गरेका छन् । यसैबीच, टर्कीका राष्ट्रपति एर्दोगानले सम्झौतामा थप देश सहभागी हुन सक्ने संकेत गरेका छन् । उनले इजिप्ट पनि यस संरचनामा सहभागी हुने सम्भावना रहेको बताएका छन् ।

उनका अनुसार सम्झौताको संरचनाले भविष्यमा थप सदस्यलाई समेट्न सक्नेछ । सम्झौताको कूटनीतिक प्रभावबारे टिप्पणी गर्दै एर्दोगानले यसले विश्वलाई महत्वपूर्ण सन्देश दिएको दाबी गरेका छन् । नयाँ रक्षा सहकार्यले मध्यपूर्वमा क्षेत्रीय सुरक्षा संरचना र शक्ति सन्तुलनमा नयाँ आयाम थप्न सक्ने विश्लेषण गरिएको छ । एएनआई


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्