सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस

News Portal Team सामाजिक
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस

सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस

काठमाडौं । रसुवाका विभिन्न स्थानबाट उद्धार गरी नुवाकोटस्थित आर्मी ब्यारेकमा ल्याइएका बाढीपीडितहरूको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरू केही दिनदेखि ब्यारेक परिसरमै बसिरहेका छन् । तर, बसोबास, खानेकुरा तथा आवश्यक सामग्रीको अभावका कारण उनीहरूले कठिनाइ भोगिरहेका छन् । 

ब्यारेकमा चार दिनदेखि बसिरहेका राजेश केसीले होटलहरूमा अत्याधिक महँगी रहेको र पर्याप्त खानेकुरा उपलब्ध हुन नसकेको बताए ।

उनले भने, ‘नमस्कार, मेरो नाम राजेश केसी हो। म विगत चार दिनदेखि यहाँ बसिरहेको छु । यहाँ बस्नेहरूलाई मैले देखिरहेको समस्या भनेको होटलहरूमा एकदमै महँगी छ । खानेकुरा पनि पर्याप्त मात्रामा पुगिरहेको छैन । यहाँ बसिरहेकालाई बिस्कुट, चाउचाउ, पानीलगायतका खाद्य सामग्री उपलब्ध भए केही सहज हुने थियो। जतिसक्दो चाँडो सम्बन्धित निकायसम्म आवाज पुगोस् र यहाँ बस्नेहरूलाई आफ्नो परिवारसँग भेट गराइदिनुहुन अनुरोध गर्दछु।’

ब्यारेकमा ठूलो संख्यामा मानिसहरू राखिएका कारण भीडभाडसमेत बढेको छ । उद्धार गरेर ल्याइएका बाढीपीडित तथा आफन्तको खोजीमा पुगेका परिवारजनका कारण ब्यारेक परिसरमा चाप बढेको हो । 

यसैबीच, बेपत्ता भएका आफन्तको खोजीमा ब्यारेक पुगेका परिवारजन र नेपाली सेनाबीच तनावको अवस्था समेत सिर्जना भएको थियो । आफन्तको अवस्थाबारे जानकारी लिन र खोजीका लागि आग्रह गर्दै पुगेका परिवारजन र सुरक्षाकर्मीबीच केही समय भनाभनको अवस्था देखिएको थियो । 

पीडित परिवारजनले आफ्ना आफन्तको अवस्थाबारे तत्काल जानकारी दिन तथा सुरक्षित रूपमा भेट गराउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । 


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्