सडक खन्ने क्रममा पहिरो खस्दा एक्काभेटर चालक पुरिए, सह–चालक घाइते

News Portal Team अन्य
सडक खन्ने क्रममा पहिरो खस्दा एक्काभेटर चालक पुरिए, सह–चालक घाइते

मुगु । मुगुको जिल्लाको खत्याड गाउँपालिकामा सडक निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक्काभेटर (स्काईभेटर) र त्यसका चालक पुरिएका छन् भने सह–चालक घाइते भएका छन् । 

खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा मुगु–रारा भित्री सडक खण्डको बेलीब्रिज जोड्ने नयाँ सडक कटिङ गर्ने क्रममा सोमबार बिहान करिब ८ः३० बजे माथिबाट एक्कासी सुक्खा पहिरो खसेको थियो ।

पहिरोमा परी बा ३ क ३२७६ नम्बरको एक्काभेटर र त्यसका चालक बझाङ घर भएका २४ वर्षीय बिमल बाग पुरिएका छन् । पहिरोले एक्काभेटरसहित चालक पुरिएपछि खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

 घटनामा परी एक्काभेटरका सह–चालक सोरु गाउँपालिका–१ का २२ वर्षीय बिनय मल्ल घाइते भएका छन् । एक्काभेटर बाहिर बसेर ढुंगा खस्छ कि भनेर हेरिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले लागेर उनको हात र खुट्टामा चोट लागेको छ । घाइते मल्लको अवस्था सामान्य रहेको र उनले कुराकानी गर्नसक्ने स्थितिमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिराज थपलियाले जानकारी दिए ।

घटनालगत्तै उद्धारका लागि प्रहरी टोली खटिएको छ । इलाका प्रहरी कार्यालय रातापानी, मुगुबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमाण्डमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) आनन्द कुमार प्याकुरेलको कमाण्डमा सात जना गरी कुल १३ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य गरिरहेको छ ।

उक्त घट्नास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पूर्व र प्रहरी चौकी माझचौरबाट ११ किलोमिटर पश्चिम दूरीमा पर्दछ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्