ट्रम्पको शान्ति योजना : गाजामा बन्दुकको शासन अन्त्य हुनुपर्ने नेतन्याहुको अडान

News Portal Team विश्व
ट्रम्पको शान्ति योजना : गाजामा बन्दुकको शासन अन्त्य हुनुपर्ने नेतन्याहुको अडान
ट्रम्पको शान्ति योजना : गाजामा बन्दुकको शासन अन्त्य हुनुपर्ने नेतन्याहुको अडान

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गाजा शान्ति योजनाको कार्यान्वयनबारे केही असहमति रहेको बताएका छन् । उनले गाजाको पुनर्निर्माण प्रक्रिया सुरु गर्नुअघि हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण आवश्यक रहेको स्पष्ट पारेका छन् ।

अल जजिराका अनुसार नेतन्याहुले ट्रम्प प्रशासनको पछिल्लो ‘बोर्ड अफ पिस’ सम्झौताबारे टिप्पणी गर्दै हमासलाई निशस्त्र बनाएर गाजा क्षेत्रलाई सैन्यमुक्त (डिमिलिटराइज्ड) गरेपछि मात्र पुनर्निर्माणको चरणमा जानुपर्ने बताएका हुन् ।

‘राष्ट्रपति ट्रम्पसँग हालैको हमाससम्बन्धी सम्झौतामा मेरा केही असहमति छन, जुन म लुकाउँदिनँ । गाजा पुनर्निर्माणको चरणमा जानुअघि हमासलाई निशस्त्र बनाउनुपर्छ र गाजालाई सैन्यमुक्त गर्नुपर्छ,‘ नेतन्याहुले भने ।

उनले ‘बोर्ड अफ पिस’ का प्रमुख दूत निकोलाय म्लाडेनोभसँगको भेटपछि यस्तो धारणा सार्वजनिक गरेका हुन् । यसैबीच, गाजा संक्रमणकालीन योजनाको कार्यान्वयनबारे बोर्ड अफ पिसले पनि इजरायली सेनाले गाजाबाट पूर्ण रूपमा फिर्ता हुने प्रक्रिया हतियार नष्ट भएपछि मात्र सुरु हुने स्पष्ट पारेको छ ।

बोर्डले इजरायली रक्षा बल (आईडीएफ) ‘येलो लाइन’ भन्दा पछाडि हट्नुअघि गाजामा रहेका सबै हतियारको पूर्ण निष्क्रियकरण आवश्यक रहेको जनाएको छ । बोर्ड अफ पिसले हालैका केही रिपोर्टमा उल्लेख भएजस्तो इजरायली सेनाको तत्काल वा आंशिक फिर्ती हुने कुरा गलत भएको बताएको छ । उसले हमासले मध्यस्थकर्ताहरूसँग गरेको प्रतिबद्धताअनुसार हल्का हतियार, भारी हतियार र सुरुङ संरचना सबैको अन्त्य भएपछि मात्र आईडीएफ येलो लाइनभन्दा बाहिर जाने जनाएको छ । बोर्डले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘लक्ष्य स्पष्ट छ—गाजामा रहेका सबै हतियारको पूर्ण निष्क्रियकरण र बन्दुकको शासनबाट नागरिक शासनतर्फको संक्रमण ।’

बोर्डका अनुसार गाजामा स्थिर नागरिक प्रशासन स्थापना गर्ने र इजरायली तथा प्यालेस्टिनी दुवै समुदायका लागि सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यले संक्रमणकालीन प्रक्रिया अघि बढाइनेछ ।

यस प्रक्रियाको निगरानी अन्तर्राष्ट्रिय स्थायित्व बल (इन्टरनेसनल स्टेबलाइजेसन फोर्स) र कार्यान्वयन प्रमाणीकरण समितिले गर्ने जनाइएको छ । उक्त समितिमा अमेरिका र बोर्ड अफ पिसका प्रतिनिधिहरू रहनेछन् । यता, इजरायलका केही अधिकारीहरूले भने ट्रम्पले प्रस्ताव गरेको गाजा रोडम्यापले इजरायलको आधिकारिक धारणा पूर्ण रूपमा प्रतिबिम्बित नगरेको बताएका छन् ।

टाइम्स अफ इजरायलका अनुसार प्रधानमन्त्री कार्यालयका प्रवक्ता डोरोन स्पिलम्यानले सार्वजनिक गरिएको सम्झौताको संस्करण इजरायलको अडानसँग मेल नखाने बताएका छन् । उनले इजरायलले आफ्नो चासो र सुझाव अमेरिकी अधिकारीहरूलाई पठाइसकेको जानकारी दिए ।

स्पिलम्यानले भने, ‘निशस्त्रीकरण भन्नाले हमासले आफ्ना हतियार भौतिक रूपमा बुझाउनु हो । पूर्ण निशस्त्रीकरणबाहेक अन्य कुनै पनि व्यवस्था भएमा हमासले फेरि इजरायललाई खतरा पु¥याउने क्षमता राख्नेछ ।’

तर, इजरायलका राष्ट्रपति इसाक हर्जोगले भने बोर्ड अफ पिसको पहलप्रति सकारात्मक धारणा व्यक्त गरेका छन् । उनले ट्रम्पको २० बुँदे गाजा शान्ति योजनालाई सकारात्मक कदम भएको बताउँदै हमासको पूर्ण निशस्त्रीकरण आवश्यक रहेको उल्लेख गरेका छन् । अधिकारीहरूका अनुसार यो रोडम्याप यसअघि सहमति भएको २० बुँदे गाजा शान्ति योजनामा आधारित छ । बन्धकहरूको रिहाइ र शव फिर्ता भएपछि करिब आठ महिनासम्म चलेको वार्तापछि उक्त योजनालाई चरणबद्ध कार्यान्वयन ढाँचामा रूपान्तरण गरिएको हो । एएनआई


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्