तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

News Portal Team राजनीति
तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उनको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गरेकी छन् ।

कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गरेको बताइन् ।

उनले भनिन्, ‘सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्नुभएका सम्पूर्ण अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु । तुलसीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गर्नुभयो । आज भन्दा आठ दशक अघिको त्यो समयमा नेपालमा एमए पास गर्ने सिमित व्यक्तिहरुमध्ये उहाँ एकजना हुनुहुन्थ्यो । त्यतिबेला उहाँसँग प्रतिष्ठित र सहज जीवन बिताउने प्रशस्त अवसरहरु थिए । तर उहाँले व्यक्तिगत सुविधा र सम्पन्नताको बाटो रोज्नु भएन । बरु किसान, मजदूर र उत्पिडत समुदायको हक र अधिकारका लागि संघर्षको कठिन र चुनौतिपूर्ण बाटो रोज्नुभयो ।’

उनले करिब आठ दशकअघि नेपालमा एमए उत्तीर्ण गर्ने सीमित व्यक्तिमध्ये अमात्य एक रहेको उल्लेख गर्दै त्यतिबेला उहाँसँग प्रतिष्ठित र सहज जीवन बिताउने पर्याप्त अवसर भए पनि व्यक्तिगत सुविधा र सम्पन्नताको बाटो नरोजेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीका अनुसार अमात्यले किसान, मजदुर र उत्पीडित समुदायको हकअधिकारका लागि संघर्षको कठिन र चुनौतीपूर्ण बाटो रोजेका थिए । नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै नेतृत्वदायी भूमिकामा रहेका अमात्यले पार्टी निर्माण, किसान आन्दोलनको विस्तार, लोकतान्त्रिक अधिकारको रक्षा तथा शोषण र सामन्ती उत्पीडनविरुद्ध श्रमजीवी जनताको संघर्षलाई संगठित गर्न महत्वपूर्ण योगदान पुर्याएको उनले बताइन् ।

विशेषगरी बारा, रौतहट र सर्लाहीमा अमात्यको नेतृत्वमा भएका ऐतिहासिक किसान आन्दोलनले किसानहरूमा अधिकारप्रतिको चेतना अभिवृद्धि गर्न र उनीहरूलाई संगठित गर्न महत्वपूर्ण भूमिका खेलेको भण्डारीको भनाइ थियो ।


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्