उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल

News Portal Team अन्य
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल

नुवाकोट । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा दैनिक रूपमा वारीपारी गर्नुपर्ने स्थानीयवासीले आज बिहानैदेखि पुलको प्रयोग गर्न थालेका छन् ।

निर्माण सम्पन्न भइसकेको पुल औपचारिक रूपमा उद्घाटन हुन बाँकी रहे पनि आवतजावतका लागि सहज भएपछि स्थानीय तथा दशैंका लागि घर फर्किने यात्रुहरूले पुल प्रयोग गर्न थालेका हुन्।

उक्त झोलुङ्गे पुलको निर्माण निर्माण व्यवसायी महासङ्घको लगानीमा गरिएको हो। 

आज बिहान पुलमा आवतजावत गर्ने क्रममा केही यात्रुहरूले ‘जय बालेन’ भन्दै यात्रा गरेको दृश्यसमेत देखिएको छ । 


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्