वार्षिकोत्सवको अवसरमा महानगर प्रहरीद्वारा स्वयम्भूनाथमा विशेष सरसफाइ
सक्षम घिमिरे, नेपाल न्यूज बैंक
काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले आफ्नो ३४औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार स्वयम्भूनाथ क्षेत्रमा विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।
भदौ १४ गते मनाइने महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा महानगर प्रहरीका अधिकारी तथा सुरक्षाकर्मी सहभागी भएर स्वयम्भूनाथ आसपासका सडक, सार्वजनिक स्थल र धार्मिक क्षेत्रको सरसफाइ गरेका हुन ।
स्वयम्भूनाथ विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले त्यस क्षेत्रको स्वच्छता र सौन्दर्य संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले सरसफाइ कार्यक्रम गरिएको महानगर प्रहरीले जनाएको छ ।






काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...
झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...