विपद्को घडीमा सबै राजनीतिक दल एकजुट भएर काम गर्नुपर्छ : गगन थापा

News Portal Team राजनीति
विपद्को घडीमा सबै राजनीतिक दल एकजुट भएर काम गर्नुपर्छ : गगन थापा

विपद्को घडीमा सबै राजनीतिक दल एकजुट भएर काम गर्नुपर्छ : गगन थापा

खोज र उद्धारमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न कांग्रेस तयार छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल एक ठाउँमा आएर एउटै सोच र संकल्पका साथ काम गर्ने परम्परा रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले यही परम्परालाई निरन्तरता दिँदै रास्वपाले संसद्मा रहेका तथा संसद्बाहिर रहेका मुख्य दलहरूको सर्वदलीय बैठक बोलाएको बताए ।

बैठकमा विभिन्न विषयमा छलफल हुनुका साथै केही विषयमा निर्णयसमेत गरिएको उनले जानकारी दिए । सरकारका तर्फबाट भइरहेको खोज तथा उद्धारका सम्बन्धमा बैठकमा प्रारम्भिक जानकारी गराइएको र त्यसमा आफूहरूले पाएका सूचना तथा आफ्ना बुझाइ सरकारलाई थप सहयोग पुगोस् भन्ने उद्देश्यले प्रस्तुत गरेको थापाले बताए ।

उनले बाढीमा हराएका नागरिकको खोजी, उद्धार र तत्काल राहत पुर्याउनु अहिलेको पहिलो प्राथमिकता भएको बताए । राज्यका तर्फबाट सुरक्षाका संयन्त्र, प्रशासनिक संयन्त्रलगायत सबै संयन्त्र परिचालन भइरहेको उनले जानकारी दिए ।

यद्यपि, नियमित रूपमा राज्यसँग रहेका साधन–स्रोतबाहेक अन्य उपलब्ध साधन–स्रोतलाई पनि आवश्यकताअनुसार राज्यले परिचालन गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा आफूहरूले जोड दिएको थापाले बताए ।

विपद्को समयमा राज्यले परिचालन गर्न चाहेको अवस्थामा आफूहरू सहयोग गर्न तयार रहेको उनले बताए । थापाका अनुसार बैठकमा कांग्रेसको प्रस्तावप्रति गृहमन्त्रीले तत्कालै विपद्ग्रस्त क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताएका थिए । विशेषगरी सडक सफा गर्ने तथा खोज र उद्धारका काममा पार्टीका कार्यकर्ताको संख्या परिचालन गर्नुपर्ने प्रस्ताव आएको उनले जानकारी दिए ।

‘अहिले जे आवश्यकता छ, त्यो अनुसार आफ्नो–आफ्नो पार्टीभित्र विपद्का संरचनाहरू बनाएका छौँ । ती संरचनाहरूमा अहिले सरकारले भनेकै कुराहरूमा समन्वय गरिकन परिचालित गर्नेछौँ,’ उनले भने । बैठकमा भएको छलफलका आधारमा अहिलेको आवश्यकता र सरकारको समन्वयअनुसार कांग्रेसले आफ्ना पार्टीभित्र रहेका विपद् संरचनालाई परिचालन गर्ने थापाले बताए ।


थप समाचारहरू (More News)

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली
अन्य
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...

झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
राजनीति
झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट

झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
राजनीति
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...

माथि जानुहोस्