विश्वकै ठूलो शालिग्राममा कालीगण्डकीको बहाव, पर्यटकहरु आकर्षित

News Portal Team सामाजिक
विश्वकै ठूलो शालिग्राममा कालीगण्डकीको बहाव, पर्यटकहरु आकर्षित

विश्वकै ठूलो शालिग्राममा कालीगण्डकीको बहाव, पर्यटकहरु आकर्षित

तस्विर : निरज थकाली, मुस्ताङ 

काठमाडौं । मुस्ताङको जोमसोमस्थित कालीगण्डकी नदी किनारमा रहेको विश्वकै ठूलो मानिने २२ फिट अग्लो शालिग्राममा वर्षायामसँगै नदीको बहाव पुगेपछि यसको दृश्य थप मनमोहक देखिएको छ । 

साउन महिनामा बढेको कालीगण्डकीको पानीले शालिग्रामलाई छोएर बग्ने दृश्यले प्राकृतिक र धार्मिक सौन्दर्यलाई एकसाथ प्रस्तुत गरेको छ ।

वर्षायाममा देखिने यो दृश्यले शालिग्रामको भव्यतालाई अझ आकर्षक बनाउँदै श्रद्धालु तथा आन्तरिक एवं बाह्य धार्मिक पर्यटकको ध्यान तान्ने गरेको छ ।

हिन्दू धर्ममा भगवान् विष्णुको प्रतीकका रूपमा पूजिने शालिग्राम कालीगण्डकी नदीबाट नै प्राप्त हुने भएकाले यस क्षेत्रको धार्मिक महत्त्व विशेष रहेको छ । 

जोमसोम पुगेका पर्यटक र श्रद्धालुहरू विशाल शालिग्रामको दर्शनसँगै कालीगण्डकीको मनोरम दृश्य अवलोकन गर्न पुग्ने गरेका छन्।

थप समाचारहरू (More News)

धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु
अन्य
धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु

धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरुजनकपुर । धनुषाको क्षेत्र नं. ३ मा आजदे...

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा
अन्य
काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा

काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको...

‘बाल भानु’हरूका कवितामा नयाँ चेतना : भ्याली भ्यूको प्रतियोगितामा उन्नती पुडासैनी प्रथम
अन्य
‘बाल भानु’हरूका कवितामा नयाँ चेतना : भ्याली भ्यूको प्रतियोगितामा उन्नती पुडासैनी प्रथम

‘बाल भानु’हरूका कवितामा नयाँ चेतना : भ्याली भ्यूको प्रतियोगितामा उन्नती पुडासैनी प्रथमक...

माथि जानुहोस्