विश्वकै ठूलो शालिग्राममा कालीगण्डकीको बहाव, पर्यटकहरु आकर्षित
तस्विर : निरज थकाली, मुस्ताङ
काठमाडौं । मुस्ताङको जोमसोमस्थित कालीगण्डकी नदी किनारमा रहेको विश्वकै ठूलो मानिने २२ फिट अग्लो शालिग्राममा वर्षायामसँगै नदीको बहाव पुगेपछि यसको दृश्य थप मनमोहक देखिएको छ ।
साउन महिनामा बढेको कालीगण्डकीको पानीले शालिग्रामलाई छोएर बग्ने दृश्यले प्राकृतिक र धार्मिक सौन्दर्यलाई एकसाथ प्रस्तुत गरेको छ ।
वर्षायाममा देखिने यो दृश्यले शालिग्रामको भव्यतालाई अझ आकर्षक बनाउँदै श्रद्धालु तथा आन्तरिक एवं बाह्य धार्मिक पर्यटकको ध्यान तान्ने गरेको छ ।
हिन्दू धर्ममा भगवान् विष्णुको प्रतीकका रूपमा पूजिने शालिग्राम कालीगण्डकी नदीबाट नै प्राप्त हुने भएकाले यस क्षेत्रको धार्मिक महत्त्व विशेष रहेको छ ।
जोमसोम पुगेका पर्यटक र श्रद्धालुहरू विशाल शालिग्रामको दर्शनसँगै कालीगण्डकीको मनोरम दृश्य अवलोकन गर्न पुग्ने गरेका छन्।
काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । ...
झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनु...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश...