विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर

News Portal Team विश्व
विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित भर्जिनिया स्टेट युनिभर्सिटीको परिसरमा गोली चल्दा कम्तीमा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको विश्वविद्यालय प्रहरीले जनाएको छ ।

भर्जिनिया स्टेट युनिभर्सिटी प्रहरी विभागका अनुसार विश्वविद्यालयको क्वाड एनेक्सेस क्षेत्रमा गोली चलेको हो । घटनापछि विश्वविद्यालयमा लगाइएको लकडाउन हटाइए पनि अनुसन्धानका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विश्वविद्यालयका अनुसार शनिबार बिहान करिब १ः२८ बजे बोइसाउ स्ट्रिटको ३३००० ब्लकमा रहेको विश्वविद्यालयका छात्रावासबाहिर गोली लागेका पाँच जना फेला परेका थिए । उनीहरू सबैलाई उपचारका लागि नजिकका अस्पताल लगिएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य चार जनालाई लागेको चोट भने जीवन जोखिममा नपर्ने खालको रहेको विश्वविद्यालयले जनाएको छ । घटनाको अनुसन्धान चेस्टरफिल्ड काउन्टी प्रहरीको नेतृत्वमा भइरहेको छ । अनुसन्धानमा भर्जिनिया स्टेट युनिभर्सिटी प्रहरी, अमेरिकाको ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्स (एटीएफ) तथा ह्यानोभर काउन्टी शेरिफको कार्यालयले सहयोग गरिरहेका छन् ।

विश्वविद्यालयले घटनाबारे कुनै जानकारी भएका व्यक्तिलाई प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ । गोलीकाण्डको कारण तथा घटनामा संलग्न व्यक्तिबारे तत्काल थप विवरण सार्वजनिक गरिएको छैन । विश्वविद्यालयले सामाजिक सञ्जालमार्फत लकडाउन हटाइएको जानकारी दिँदै अनुसन्धान जारी रहेकाले परिसरमा सुरक्षा उपस्थिति कायमै रहने जनाएको छ । एएनआई


थप समाचारहरू (More News)

दस मिनेटमा बदलिएको लामुसोती
अन्य
दस मिनेटमा बदलिएको लामुसोती

दस मिनेटमा बदलिएको लामुसोती त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्या...

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल
अन्य
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल

करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो...

नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा
अन्य
नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा धर्मेन्द्र झा

काठमाडौँ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्...

माथि जानुहोस्